२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आर्थिक स्थिति नाजुक बन्दा बजेटको सिद्धान्त र प्राथमिकता पुरानै कर्मकाण्डी दस्तावेजः रवि लामिछाने

२५ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानो कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा लामिछानेले आर्थिक स्थिति नाजुक स्थितिमा पुगिसक्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको पुलिन्दा भएको आरोप लगाए ।

उनले भने ‘गत वर्ष भन्दा कम राजस्व संकलन भएको छ पाँच दशकमै राजस्व संकलन गत वर्ष भन्दा कम हुने जोखिम देखिन्छ आर्थिक वर्ष सकिन दुई महिना बाँकि हुँदा यस्तो असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन र सर्वसाधारणलाई राहत दिन सँधै जस्तो कर्मकाण्डी योजनाले के होला ?आशाको पुलिन्दा पस्किने कि व्यवहारिक र समाधानमूलक कुरा गर्ने ।,’

लामिछानेले नक्कली प्रकरणमा मिलिजुलि एक अर्कालाई जोगाउँने काम नगर्न सुझाव दिए । यस प्रकरणमा सलंग्न दोषी कोहि उम्कन नहुने भन्दै यस घट्लाई नजिकबाट नियालिरहेको बताए ।

उनले भने ‘नक्कली शरणार्थि प्रकरणको कुरामा ताप्केको बिँड तात्यो तात्दै गरेको ताप्केचाँही सेलाएको छ । ताप्केचाँहि नसेलाओस् । सिङगो देश र अन्ताराष्ट्रियजनसमुदायले हेरिरहेको छ । दोषी कोहि पनि नउम्कीयोस् । मिलिजुलि एक अर्कालाई जोगाउँने काम नहोस् । हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौं ।’ फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा नआउँने भन्दै उनले प्राथमिकता र सिद्धान्तबाट विश्वस्त हुन नसकिएको तर्क गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १४:३६