२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सभामुखले बोल्न नदिएपछि संसद भित्रै नांगिए अमरेश सिंह (भिडियो)

२५ वैशाख, काठमाडाैँ । स्वतन्त्र सांसद डा. अमरेश सिंहले सभामुख देवराज घिमिरेले बोल्न नदिएको भन्दै संसद बैठकमै लुगा फुकालेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्न समय माग्दै विरोधमा उत्रिएका उनले शरीरको माथिल्लो भागको सबै लुगा खोलेर टेबुलमा राखेका हुन । संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाहीको चेतावनी दिएका थिए ।

उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएपछि उनले फेरि कपडा लगाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ११:४२