२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानविन गर्न कसले राेक्याे ?

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित बनेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सार्वजिनक भएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै अध्यक्ष ओलीले दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् ।

उनले शरणार्थी प्रकरणमा छानविन नगर्न भन्दै कस्ले दबाब दियो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री दाहाललाई यसबारे प्रष्ट पार्न चुनौती दिएका छन् ।ओलीले भने ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्र्थी बनाएर विदेश पठाउने कुरा सुरुवात गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन।

तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिलियौं उनैको आविष्कार जस्तो गर्दैछन। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं । मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ, म झुक्दिनँ पछि हट्दिनँ भन्ने । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । ’ उनले एमालेले संसदमा कुरा उठाउदा नसुनेको र अहिले कसैलाई छाड्दिन भन्दै फुई लगाएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १७:५६