२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा नीतिगत भ्रष्टाचार भएको छः स्वर्णिम वाग्ले

२४ वैशाख, काठमाडाैं । अर्थविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाईसेन्समा नीतिगत भ्रष्टाचार भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै सांसद वाग्लेले नयाँ स्टक लाइसेन्स दिने विषयमा संस्थागत भ्रष्टाचार भएको बताएका हुन् ।

उनले भने, ‘अब यो लाइसेन्स वितरणको कुरा आएको छ, यसमा हाकाहाकी भनिदिए हुन्छ, सिधै यो करप्सन नै हो, इन्स्टिच्युसनल करप्सन,’ उनले भने, ‘प्रतिस्पर्धा चाहिन्छ, उपभोक्तालाई लाभ दिनुपर्छ, लागत घटाउनुपर्छ तर त्यो सँगसँगै राज्यलाई पनि लुट्ने गरेर अगाडि बढ्नु हुँदैन ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १७:११