२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्डले विश्वासको मत नमाग्ने, यस्तो छ गठबन्धनको निर्णय

२३ वैशाख, काठमाडाैँ । सत्ता गठबन्धनको बैठकमा भोलिदेखि सुरु हुने बैठकमा प्रस्तुत गर्न लागिएको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार साँझ सम्पन्न बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले, भोलीदेखि शुरु हुने संसदलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा कुरा भएको बताए । ‘भोलीकै बैठकमा सरकारका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम छ । ’ उनले भने ।

आजको बैठकमा कानून व्यवसायीलाई पनि बोलाइएको विषयमा उनले, नागरिकता विधयेक, शिक्षा विधेयक लगायतका विधेयक कसरी अघि बढाउने र सर्वोच्चको प्रधानन्यायधिस नियुक्ती लगायत विभिन्न कानूनविद्हरुबीच छलफल भएको बताए । त्यस्तै अहिले सरकारले विश्वासको मत लिनु आवश्यक नहरेको बताए । उनले भने ‘अहिले सरकारले विस्वासको मत लिनु पर्ने व्यवस्था छैन् । त्यसबारे कुनै कुरा भएन् ।’ बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा पनि छलफल भएको उनले बताए । सरकारले दृढतापूर्वक यो विषयलाई अघि बढाउने सहमति भएको उनको भनाई छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १९:५५