२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्ड नेतृत्वको सरकार अब धेरै टिक्दैन: नेता कोइराला

२२ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धेरै समय नटिक्ने बताएका छन् । शुक्रबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

जनताको चाहनाअनुसार काम नगरेको बताउँदै काेइरालाले अब सरकार धेरै नटिक्ने ठाेकुवा गरेका हुन् । उनले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउँदै उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिकाे बैठकबाट खोजिनुपर्ने धारणा समेत राखे ।

‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ उनले भने । उनले पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको बताए । उनि भन्छन्, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको भनाई थियो । उनले मन्त्रीमण्डल विस्तारमा पार्टीभित्रै असन्तुष्टि रहेकाे पनि बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १७:५२