२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

हेलिकोप्टर दुर्घटना अपडेटः एक जनाकाे मृत्यु, चार घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयाे

–सुजन बज्राचार्य

२२ वैशाख, खाँदबारी ।  सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएकाे छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १६:३८