२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

जनता र सरकारलाई जोड्ने माध्यम नै सूचनाको हक होः मन्त्री शर्मा

२२ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र सरकारलाई पारदर्शी बनाउने काम गर्ने बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचनाको हकले जनतालाई बलियो बनाउने र सरकारलाई पारदर्शी, सुशासन र सेवाप्रवाहका विषयमा गम्भीर बनाउने बताइन् ।

उनले भनिन ‘संविधान र कानून कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ । सरकारका काम कारवाही गलत भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ ।’ उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताइन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १३:१६