२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रवि लामिछानेका चालक थापाको मृत्यु प्रकरण अनुसन्धान होस्ः महेश बस्नेत

२१ वैशाख, काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी गाडी चालक दिलबहादुर थापाको मृत्यु गम्भिर अनुसन्धानको बिषय रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस् सार्वजनिक गर्दैै उनले थापाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । घटनाको सत्य तथ्य पत्ता लगाउन उनले सरकारसँग माग गरेका छन् । चालक र स्वकीय सचिवले नेताका निजी जानकारी राख्ने हुँदा थापाको मृत्यु शंकास्पद रहेको धारणा सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक भएको आडियोको समेत छानविन गरिनु पर्ने बताएका छन् । स्टाटसमा उनले भनेका छन्,‘पिए र ड्राइभर नेताका ९० प्रतिशत बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्म हत्या वा हत्या जे भए पनि गम्भिर बिषय हो । रविको ड्राइभरको आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?’

लामिछानेको चुनावी प्रचारमा सँगै हिँडेको हुँदा मृतक थापा माथि निगरानी गरिएको हुनसक्ने र उनलाई मारिएको पनि हुन सक्ने नेता बस्नेतको दाबी छ । त्यस्तै, उनले पूर्वगृहमन्त्री समेत रहेका लामिछाने बस्ने घरमाराती अबेरसम्म मादक पदार्थ सेवन गर्ने वातावरणप्रति पनि प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘ रक्सि कहाँबाट किने ? कस्ले किनिदियो ? ,पूर्व गृहमन्त्रीको सुरक्षा घेरा भित्रको घरभित्र बसेर ४ बजेसम्म कसरि खाए ?सुन्दा सबै घटना बनावटी जस्तो लाग्छ । अत्महत्या, दुर्घटना या कसैले मारेको पनि हुन सक्छ । जे होस् रहस्य के हो ? कस्ले,किन, के कारण यो गर्यो खोजिगरौं?’

४ बैशाखमा छतबाट खसेर गम्भीर घाईते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मंगलबार निधन भएको थियो । उनको बुधबार पशुपति आर्यघाटमा परिवार र आफन्तले अन्त्यष्टि गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १२:०८