२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रकृति, श्रमशक्ति र बुद्धिमा गरिब नभए पनि गरिबी नेपालीको नियति बन्योः ज्ञानेन्द्र शाह

२० बैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रकृति, श्रमशक्ति र बुद्धि गरिव नभए पनि गरिबी नेपालीको नियति बनेको बताएका छन । बुधबार उनलाई नेपालगञ्जमा नागरिक अभिनन्दनमा लिखित सम्बाेधन गर्दै पूर्वराजा शाहले नेपालको प्रकृति, श्रमशक्ति र बुद्धि गरिव नभए पनि गरिबी नेपालीको नियति भएको बताए।

राजनीतिक परिवर्तनपछि पनि देशमा अझै विकास र आर्थिक समुन्नति नभएको भन्दै चिन्ता व्यक्त  गर्दै उनले भने  ‘लामो अन्तरालपछि फेरि पनि देशको दशाबारे त्यही र त्यस्तै कुरा गर्न विवश छु। मलाई दुःख लाग्छ लामो अवधिसम्म हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ’, उनले भनेका छन्, ‘देश बनाऊँ, देशवासीको अवस्था सुधारी, व्यवस्था र पद्धति बसालौँ, जनतालाई शान्ति, सुख समृद्धि दिऊँ हाम्रो भावना धारणा र नारा आज पनि यही छ।’

उनले अघि भने ‘दुई छाक खान र एकधरो लाउन हामी धेरैलाई धौ धौ छ। हाम्रा विकसित शहर र गाउँ आज उजाड छन्। हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्। त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशिन बाध्य छन्’, उनले अगाडि भने, ‘त्यसै भएर त नेपालगञ्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौँ।’

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १८:५२