२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्डको नवाैँ किस्ताको मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्री थपिए

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ किस्ताको मन्त्रीपरिषद् विस्तार गरेका छन् । बुधबार नेपाली कांग्रेसका तीन नेतालाई मन्त्री बनाउन सिफारिस गर्दै प्रचण्डले नवौँ किस्ताको बिस्तार गरेका हुन । यद्यपी अझै सरकारले पूर्णता पाउन सकेको छैन । ।

प्रधानमन्त्रीले नेपाली कांग्रेसका तर्फबाट उपसभापति धनराज गुरुङलाई कानुन , न्याया तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले तीनै जना मन्त्रीको नियुक्ति गरेर कार्यभार तोकिएको जानकारी दिएका छन ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १७:१५