एडिलेडमा अष्ट्रेलिया व्यापी बास्केटवल प्रतियोगिता हुदै
एडिलेड । नेप्लिज एडिलेड बास्केटवल(न्याब)को आयोजनामा अक्टोवर ७ मा अष्ट्रेलिया व्यापी बास्केलबल प्रतियोगिता हुने भएको छ।
न्याबका अध्यक्ष रोश धमलाले पहिलो ग्रेस बास्केटवल प्रतियोगितामा सिड्नी मेल्वन लगायतका शहरहरुका टिमहरु प्रतियोगितामासमावेश हुने बताए । यहि मे ६ र ७ मा मेलवर्नमा आयोजना हुने बास्केटवल प्रतियोगिताका लागि एडिलेडबाट जाने खेलाडीहरुलाईबिदाइका लागि आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । न्यावले अक्टोवरमा आयोजना गर्ने प्रतियोगितामा विजेतालाइअष्ट्रेलियन डलर तिन हजार र उप विजेतालाई अष्ट्रेलियन डलर एक हजार प्रदान गरिने एवं खेलाडीहरुलाई विभिन्न विधामामा समेतपुरस्कृत गरिने भएको छ । म्यारियन सिटी काउन्सिलको स्थानिय मिचेल पार्क स्पोर्ट तथा कम्युनिटी सेन्टर प्रतियोगिता संचालन हुनेभएको छ ।
विदाई तथा जर्सी बितरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य स्पोन्सर ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश थापाले मेलवर्न जानलागेकोटिमलाई शुभकामना दिदै अक्टोवरमा हुने प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा खेलाडीहरुलाई ग्रेसइन्टरनेशनलका निर्देशकहरु उज्जव श्रेष्ठ र मन्जेश प्रधानाङ्गले शुभकामना व्यक्त गरेका थिए ।
मेलवर्नमा हुने खेलमा क्याप्टेन सागर ढेके, तुफान शाही ठकुरी, मञ्जिल भट्ट, रुद्र पुन, सिद्धार्थ प्रधान, ओबेद केसी, देयोन बोवर, रोनित सहि, सौरभ बराल,राइन धमला, प्रमेश क्षेत्री सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:५३












