१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२० वैशाख, काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पेप्सिकोलाबाट पक्राउ गरेको थियाे ।  उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो ।

पाण्डेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहसँग ५० लाख लिएको बुझिएको छ । घटना सार्वजनिक भएको केही समयपछि पक्राउ परेका गिरोहका नाइके केशव दुलालले पाण्डेलाई ५० लाख नगद दिएको बताएका थिए ।  उनकै बयानको आधारमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी माग गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:५१