१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बिरामी बनेर लुकेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

१९ वैशाख, काठमाडाैँ । फौजदारी अभियोग लागेर फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बित भएका छन् । महोत्तरी १ बाट निर्वाचित सांसद कोइरी फरार सूचीमा थिए । उनी बिरामी भन्दै नेताहरूको छायाँमा लुकेर बसेका थिए । केहीदिन अघि सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले प्रश्न उठाएपछि एमाले नेता गुरू भट्टराइले रेष्टुरेन्टमा राखेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिइरहेको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।

नेपाल प्रहरीले कोइरीमाथि हत्या अभियोगमा मुद्दा चलिरहेको र उनी फरार रहेको साथै खोजी कार्य जारी रहेको पत्राचार गरेपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम उनलाई निलम्बन गरेका हुन् ।
प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १९:४४