२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

१९ वैशाख, दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् । चौधरीकाे पक्षमा ५३ र विपक्षमा २९ जनाले मतदान गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्यले चौधरीकाे विपक्षमा मत दिएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेकाे थियाे ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १४:११