८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यूएईविद्ध गुल्शन झाको साहसिक अर्धशतक, नेपाल सहज विजयतर्फ

१९ वैशाख, काठमाडौं । चौथो विकेटका लागि भीम सार्कीसंग साझेदारी गरिरहेका गुल्सन झाले अर्धशतक पूरा गरेका छन् । एसीसी प्रिमियर कपक्रिकेट अन्तर्गत कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स युएई विरुद्धको फाइनल खेलमा झाले अर्धशतक पूरा गरेका हुन् ।

यूएई ११७ रनमा अल आउट भएपछि पाएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि मध्यम गतिका बलरको रुपमा चिनिएका अलराउण्डर झाले ७५ बलको सामना गर्दै ३ चौका र २ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् ।

भीम सार्कीले पनि ६५ बल खेलेर ३ चौकाको सहयोगमा ३० रन बनाएर झासंग साझेदारी गरिरहेका छन् । वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल जारी छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ११:४५