८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसीसी प्रिमियर कपः ४५ रन संकलन गर्दा नेपालले ३ विकेट गुमायो

१९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत जारी खेलमा नेपाले ३ विकेट गुमाएर ४५ रन संकलन गर्न सफल भएको छ । टियू खेल मैदानमा बिहानबाट जारी खेलमा यूएई ११७ रनमा अल आउट भएको थियो । योसँगै खेल जित्न नेपालले ११८ रनको लक्ष्य पाएको छ ।

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हुँदैछ । सोमवार वर्षा भएपछि खेल दुई पटकसम्म रोकिएको थियो ।

यसक्रममा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ । स्थगित उक्त खेल मंगलवार बिहानबाट सुरु भएको थियो । नेपाल टस जितेर वलिङमा उत्रिएपछि यूएईले ब्याटिङ सम्हालेको थियो । नेपालको उत्कृष्ठ बलिङका कारण यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सकेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:५३