२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रवि लामिछानेलाई प्रचण्डले भनेः सरकारमा आउनुहोस्, भ्रष्टाचारको कुन फाइल खोल्नु पर्यो तयार छु

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै समयमा भएको भ्रष्टचारका फाइन खोल्न तयार रहेको बताएका छन् ।

चितवनमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टचार मुलुककै समस्या रहेको बताउँदै यसलाई निर्मुल गर्न जुनसुकै समयको फाइल खोल्न तयार रहेको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा सहभागि हुन समेत आग्रह गरेका छन् ।

उनले पत्रकार भेटघाटमा भने,‘सरकार जुनसुकै समयमा भएको भ्रष्टचारको फाइल खोल्न तयार छ । रास्वपाको पनि यही माग छ । त्यसो हुँदा म रास्वापालाई यही सरकारमा सहभागि हुन आह्वान गर्छु । सरकारमा आउनुहोस् । भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो । म खोल्न तयार छु ।’

यसअघि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर भेटेका थिए । यसक्रममा उनले जुनसुकै समयमा भएका भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका थिए । त्यसएता लामिछानेले सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारको फाइल खोल्न बिषय हटाएको बताउँदै आएका छन् । यही बिषयलाई लिएर उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भनेका छन् ।

यही सरकार जुनसुकै समयमा भएको भ्रष्टाचारको फाइल खोल्न तयार भएको हुँदा रास्वपाले समथन फिर्ता नलिने प्रधानमन्त्री दाहालको भनाई छ । उनले भने,‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ । तत्काल सरकार परिवर्तन पनि हुँदैन । कसैलाई त्यस्तो लागे यो भ्रम मात्रै हो । सरकार पाँच वर्ष नै चल्छ ।’

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १०:०७