२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री प्रचण्ड गृहनगरमा, आज आफ्नै घरमा बस्ने

१७ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ । आज दिउँसो उहाँ जहाजबाट चितवन आएका हुन । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आएका हुन ।

योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल आइतबार राति शिवनगरस्थित आफ्नै निवासमा बस्ने कार्यक्रम रहेको छ । प्रचण्ड सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १७:२८