१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

वीर अस्पतालकी नर्स बोहराटारमा मृत फेला

१७ वैशाख, काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स मृत फेला परेकी छन्।  काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित डा. सुजन ढकालको कोठामा भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी र कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १३:५४