२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति पाउँदैनः गृहमन्त्री श्रेष्ठ

१७ वैशाख, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन् ।

आइतबार जनकपुरधामस्थित हुलाक कार्यालयको भवनमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उनले राजनीतिक पहुँचको आधारमाकुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताए ।

उनले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने ‘ अब सरकार पछि हट्दैन, मिटर ब्याजको आतंकलाई समाजबाट निर्मुल पार्न आवश्यक भइ सकेको छ । यदि राजनीतिक छत्रछायाँमा मिटर ब्याज मौलाएको हो भने त्यसलाई पनि सरकारले अब कुनै पनि हालतमा छुट दिने छैन् । ’

देशका विभिन्न भागमा मिटरब्याजीबाट पीडित सर्वसाधारण विगत तीन सातादेखि राजधानी केन्द्रित आन्दोलन गर्दै काठमाडौंमा जम्मा भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ११:५२