५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१७ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार  सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा काराेबार भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ११:४४