८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१७ वैशाख, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १७ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १०:३६