१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कपनकी नीराको हत्यामा संलग्न रहेको अभियोगमा बाउन्सर विनोद बिक पक्राउ

१७ वैशाख, काठमाडाैँ । काठमाडौँको कपनकी नीरा पाण्डे आचार्यको बिभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विनोद बिकलाई पक्राउ गरेको छ । काठमाडाैँ बाहिरबाट पक्राउ परेका बिकलाई काठमाडाैँ ल्याइदैछ । प्रहरीको विशेष अनुसन्धान टोलीले बिकलाई नियन्त्रणमा लिएको हो ।

बिक ठमेलको एउटा क्लबको बाउन्सर हुन् । वैशाख ७ गते दिउँदै निराको दर्जनौ पटक छुरा रोपेर हत्या भएको थियो । बागलुङ स्थायी घर भएकी नीरा १५ वर्षदेखि परिवारसहित कपनको सरस्वतीनगरमा व्यवसाय गरेर बसिरहेकी थिइन ।

प्रहरी प्रधान कार्यालयले आचार्यको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन गरेको २४ घण्टामै एक युवा पक्राउ परेका हुन । अनुसन्धान टोलीको सदस्यहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की लगायत  रहेका छन ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ०८:५३