२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगञ्जमा, सांसद राणाले गरे स्वागत

१६ वैशाख, बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दन लिन भन्दै परिवारसहित शनिबार नेपालगञ्ज आइपुगेका छन ।  पूर्वराजा शाहले मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न जिल्लाको भ्रमण गर्ने छन् । तीन प्रदेशका भ्रमणका लागि पूर्व राजा शाह पूर्व रानी कोमलसहित आज  मध्यान्ह नेपालगञ्ज आइपुगेका हुन ।

उनको साथमा बुहारी हिमानी शाह पनि रहेकी छिन । शाहको परिवारलाई नेपालगञ्ज विमानस्थलमा राप्रपाका सांसद धवलशम्शेर राणाले स्वागत गरेका थिए । पूर्वराजा शाहको बैशाख १७ गते जुम्लामा र बैशाख २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

बैशाख १८ गते नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने आरतीमा शाह दम्पत्ति सहभागी हुने भएका छन् । भ्रमणका बाँकी कार्यक्रम पछि तय हुने उनको सचिवालयले जनाएको छ ।

   

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १४:४९