२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

लडाकुहरुको अपमान गर्ने छुट कसैलाई छैनः सांसद सापकोटा

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले युद्ध लडेर व्यवस्था परिवर्तन ल्याएका लडाकुहरुको अपमान गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले संसदमा बहस गर्ने व्यवस्था लडाकुहरूले ल्याएको भन्दै लडाकुलाई सरकारले गर्ने सहयोगको विरोध गरेर राजनीतिको धर्म भुलेको तर्क गरे ।

उनले भने,‘संसदमा यसरी बहस गर्न तिर्नै लडाकुहरूले ल्याएको हो दुई लाख रुपैयाँले मानिसको केहि गुजारा चल्दैन । तपाईको दुई लाख पैसाले यूद्ध लडेर आएका महान लडाकु योद्धाहरू जसले बीरताको गाथा कोरे जसले सिङ्गै व्यवस्था परिवर्तन गरे तपाई तिनलाई अपमान गर्ने गिरिजाको टाउको फुटाको त्यति सजिलै बिर्सने ? यही हो राजनीति धर्म । दुई लाख ठूलो होईन् जो शरीरमा गोली बोकेर हिडेको छ । यो व्यवस्था जसले ल्यायो त्यसका लागि अपमान गर्ने कसैलाई छुट छैन् ।’

उनले अयोग्य लडाकुको कुरा व्यवस्थापिका संसद बैठक २०७३ जेठ १५ गते शनिबार पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको २०७३ /७४ को बजेट वक्तव्यमा व्यवस्था गरिएको प्रष्ट पारे । सांसद सापकोटाले साँचो कुरा नबुझी दोष लगाउनु कुरा नगर्न सांसदरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १६:०१