२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

१५ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १२:०४