५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमय दर

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै,युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ।

हिजोको तुलनामा आज युरोको बिक्रीदर एक रुपैयाँले बढ्दा बेलायती पाउण्डको पनि खरिददरमा एक रुपैयाँले बढेको छ । त्यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार ०९:४२