१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

निरा पाण्डेकाे हत्यामा संलग्नलाई कारवाही गर्न उपप्रमुख डंगोलको माग

१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले चावहिल सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेकी छन ।

बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएको उनको भनाई छ । उनले भनिन् ‘अहिले एक अर्कोसंग डराउनु पर्ने खालको त्रास पैदा भएको छ । हामीले नेपाल प्रहरीसंग नजिकैबाट समन्वय गरिरहेका छौं ।शान्ति सुरक्षाको कुरामा कुनै पनि सम्झौता हुँदैन् । गृहमन्त्रीले पनि यो कामलाई प्राथमिकतामा राखेको र छिटो भन्दा छिटो तीब्र रुपमा गर्ने भन्नु भएको छ । आठ दिन वितिसक्दा पनि यसको छिनोफानो हुन नसक्दा हामी आफैंलाई पनि कौतुहलता जागेको छ ’ ।

वैशाख ७ गते दिउँसो कपन सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी निरा पाण्डे आचार्यको अनुसन्धानमा खटिएका प्रहरी टोलीहरुले अहिलेसम्म कुनै सबुत जुटाउन सकेका छैनन्। त्यसै गरि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग समेत गरेका छन् ।

गृहमन्त्री श्रेष्ठसंगको भेटपछि एमाले नेता राजन भट्टराईले मुलुकको शान्ति सुरक्षा कायम गर्न गठबन्धन सरकार असफल बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘सबभन्दा ठूलो नेता असुरक्षित हुन्छ भने मुलुकको शान्ति सुरक्षा के छ भनिरहनु पर्दैन ।’ उनले कानून हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको बताए। बुधबार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमण र हुलहुज्जत गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:४९