८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

१४ वैशाख, काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई हराएको छ । सन्दीप लामिछानेको दोहोरो शानदार प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हरायो । सन्दीपले उत्कृष्ट बलिङ गर्दै कतारका ५ खेलाडीलाई आउट गरेका थिए ।
टस हारेर व्याटिङ गरेको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको थियो ।

नेपालले व्याटिङमा गरेको खराब प्रदर्शनका कारण लगातार विकेट गुमाएको थियो । ५० ओभरको खेलमा नेपालले ४०.३ ओभरमा सबै विकेटगुमाएर १५७ रनमा सीमित भयो । नेपालका लागि दशौं नम्बरमा व्याटिङ गरेका सन्दीप लामिछानेले ५८ बलको सामना गरेका सन्दीपले ६ चौकाको सहयोगमाअविजित ४२ रन जोड्दा नेपालले लज्जास्पद अवस्थाबाट आफुलाई बचाएको थियो । अरु कुनै पनि ब्याट्सम्यानलेराम्रो रन जोड्न सकेनन् ।

ओपनर कुशल भुर्तेल २, आशिफ सेख १९, भीम सार्की ६, कप्तान रोहित पौडेल २७,र सोमपाल कामी ११ रनमा आउट हुँदा नेपालले ६ विकेट गरमाएर कूल ८४ रन बनाएको थियो । पछि आरिफ सेख ११, गुल्सन झा ७, ललित राजवंशी १ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए ।
तर, नेपाली खेलाडीले वलिङ राम्रो प्रदर्शन गरेपछि कतार सस्तोमा खुम्चिन बाध्य भयो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १५:२६