१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१३ वैशाख, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा सूर्योदय ओमी लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०२ रूपैयाँ ६१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भाेलि बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:४८