१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने हरीकला पक्राउ

१३ वैशाख, काठमाडाैं । वैदेशिक रोजगारीका लागि इजरायल पठाइ दिन्छु भन्दै पाँच जनालाई ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै झापा गाउँपालिका वडा नं. ७ की ३२ वर्षीय हरीकला दाहाललाई पक्राउ गरेको जनाएको छ ।

उनीले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम लगाइदिने विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४८ लाख रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ ।

विशेष प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार उनलाई चाबहिल ७ बाट पक्राउ गरेर थप अनुसन्धानका लागि वैदशिक रोजगार विभागमा पठाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १५:०५