१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

क्यानडा पठाईदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने विपना पक्राउ

१३ वैशाख, काठमाडाैं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने ३४ वर्षीया विपना कुँवरलाई प्रहरीले पक्राउ गरेकाे हाे  । उनले  क्यानडा पठाइदिने र त्यहाँ वेटरको काम लगाइ दिन्छु भन्दै सुनिता गोतामेसँग ९ लाख रुपैयाँ ठगी गरेकी हुन् ।

पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । कार्यालयबाट खटिएको विशेष प्रहरी  कुँवरलाई गोकर्णेश्वरको जम्बुडाँडाबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १४:४८