२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

`मिसन ग्रासरूट´ अभियानकाे प्रभावकारितामा प्रश्न उठ्याे: उपाध्यक्ष पाण्डे

१३ वैशाख, नुवाकाेट । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीले सञ्चालन गरेकाे दुई महिनाे `मिसन ग्रासरूट´ अभियानकाे प्रभावकारितामा प्रश्न उठेकाे बताएका छन । एमाले नुवाकाेटकाे दुई महिने `मिसन ग्रासरूट´ काे समापन समाराेहमा सहभागी हुन विदुर आईपुगेका पाण्डेले सञ्चारकर्मीसँग कुरा गर्दै अभियानकै बीचम भर्खरै सम्पन्न भएकाे उपनिर्वाचनकाे नतिजाले हामीले कस्ताे अभियान सञ्चालन गर्याै भन्ने विषयमा प्रश्न उठेकाे बताए ।

उपाध्यक्ष पाण्डेले यस विषयमा पार्टी भित्र पनि समीक्षा हुने बताए । उनले एमालेकाे जनसंगठनकाे जनाधार नदेखिएकाे बताए । एमालेकाे जनतासँगकाे सम्बन्ध किन यति कमजाेर भयाे भन्ने विषयमा पनि समीक्षा हुने बताए ।

उपाध्यक्ष पाण्डेले संगठन हुनेेले चुनाव नजित्ने तर संगठन नहुनेले चुनाव जित्ने त्याे पनि अत्याधिक मतसहित याे प्रवृति र आयामकाे विषयमा सबै दलहरूले गम्भीर ढंगले समीक्षा हुनुपर्ने बताए । उनले उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेकाे मतका सम्बन्धमा सबै पार्टीमा समीक्षा हुनुपर्ने बताए ।

उपाध्यक्ष पाण्डेले जनविश्वासमा आधारित र जनताकाे मुद्दामा आधारित राजनीति अघि बढ्नुपर्नेमा जाेड दिए । अबकाे राजनीति अलि फरक ढंगबाट अघि बढ्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १४:०८