२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राजनीतिक अवस्था सुधारको लागि राष्ट्रिय शक्ति निमार्णको आवश्यकः ईश्वर पाखरेल

१३ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान राजनीतिक अवस्थामा मनमोहन अधिकारीको विचारलाई निरन्तरता दिनु जरुरी भएको बताएका छन् । नेकपा एमालेका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक अवस्था सुधारको लागि एउटा राष्ट्रिय शक्ति निमार्णको आवश्यक भएको बताए ।

उनले शक्ति निमार्णमा देशको स्वार्थलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने आवश्यकता पनि औल्याए । उनले भने, कम्युनिष्ट आन्दोलनको आचारसंहितामा प्रश्न उठेको समयमा मनमोहन अधिकारीको विचारलाई निरन्तरता दिनु जरुरी हुन्छ, आज हामी जुन अवस्थामा छौ, एउटा राष्ट्रिय शक्ति निमार्ण गर्नुपर्ने अवस्था छ । उक्तशक्ति निमार्ण गर्दा देशको स्वार्थलाई प्राथमिकतामा राखेर अगाडि बढ्न मनमोहन विचार आवश्यक छ ।

उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीतिमा देश बनाउने र अर्को तिर सिद्धान्तविहीन, उद्देश्यविहीन, एउटा लोकतान्त्रिक मूल्य मान्यता विपरित गठबन्धनको राजनीति भइरहेको बताए । जुन गठबन्धनले यो मुलुकलाई धरासायी बनाउने एउटा गलत दिशातर्फ लैजाने काम गरेको अवस्थामा मनमोहन अधिकारीको विचारलाई सम्झन आवश्यक भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १२:३४