२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

उपनिर्वाचनले राजनीति दललाई बदलिने सन्देश दियोेः महामन्त्री शर्मा

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले राजनीतिक दललाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको नेतृत्व गरेको दलहरुले बदलिएको समय अनुरुप आफुलाई बदल्दै नवीन अभियानमा नयाँ ढंगले जुट्नु पर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्,‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नु छ, नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं ।’

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ११:४४