२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिएः रवि लामिछाने

१३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले आफु जनप्रतिनिधि भएपछि दलगत आस्था र चुनावी प्रतिष्पर्धाको घेराभित्र कहिल्यै नरहने बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएलगतै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको साझा जनप्रतिनिधि भएको बताएका छन् ।

स्टाटसमा उनले भनेका छन्,‘दलीय प्रतिष्पर्दा । तर, विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि । लोकतन्त्रको यो स्थापित मान्यतामा साधै प्रतिवद्ध रहनेछु । जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिष्पर्धाको घेराभित्र कहिल्यै रहने छैन ।’
स्टाटसमा लामछिानेले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का जनताले दिएको भन्दै प्रतिष्पर्धी दल र उनीहरुका समर्थकलाई मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगर्न आग्रह गरेका छन् ।

उनले लखेको छन्,‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिष्पर्धी दल र तिनका नेता–कार्याकर्ता समक्ष आग्रह छ ।’
उनले मतदाता तथा समर्थकलाई बधाई कार्यक्रम नराखिदिन पनि आग्रह गरेका छन् ।थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले स्टाटस लेखेका छन्,‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं ।’

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ११:३५