५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा काराेबार भएको छ।

मंगलबार पनि सुनको मस्ल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। मंगलबा चाँदीको मूल्य स्थिर रहँदै ताेलामा १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ११:०५