२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

ओलीको गृह जिल्ला झापामा बसेर एमालेले ‘मिसन ग्रासरूट’को समिक्षा गर्ने

१२ बैशाख, काठमाडौँ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा बसेर ‘मिसन ग्रासरूट’को समिक्षा गर्ने भएको छ । त्यसका लागि एमालेले  यही वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको पुष्टि गरे । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो । उक्त बैठकले ‘मिसन ग्रासरूट’को खाका प्रस्ताव गरेको थियो ।

यही वैशाख १५ सम्ममा ‘मिसन ग्रासरूट’ सकिने भएपछि एमालेले त्यसको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको हो । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकअघि कम्तिमा सचिवालय र स्थायी कमिटी बैठक बस्नेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १९:०६