२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मिटरब्याज पीडितको आन्दोलन २३ औं दिनमा, छैन माग पूरा हुने संकेत

१२ वैशाख, काठमाडौं । मिटरव्याज पीडितहरुको आन्दोलन आज २३ औं दिनमा प्रवेश गरेको छ । सरकारलाई पेश गरेको ६ बुदेँ माग सम्बोधन नभएसम्म जति दिन विते पनि आन्दोलन जारी रहने पीडितहरुको भनाइ छ ।

मिटरव्याज पीडित मदन अर्यालले मिटर व्याजको समस्या समाधान गर्नको लागि सरकारले गठन गरेको छानबिन आयोग मात्र पर्याप्त नभएको बताएका छन् । उनले सरकारले गठन गरेको आयोगसँग धेरै चरणमा वार्ता भएपनि आफुहरुको माग सम्बोधन हुने देखेपछि वार्ता टुङ्ग्याउने गरेकोआरोप लगाए ।

अर्यालले भने ‘ सरकारले छानबिन आयोग त बनाएको छ तर त्यसले मात्र काम गरेर केही हुदैँन् । यसको लागि कार्यान्वयन गर्न सक्ने आयोगको आवश्यकता पर्छ । हामीले ५, ६ चरणमा वार्ता गरे पनि उनिहरुले हामीले राखेको मागलाई कानूनी, राजनीतिक र प्रशासनिक मागमा विभाजन गरेर प्रशासनिक माग मात्र पूरा गर्न सक्ने प्रतिक्रिया दिएको थियो । हाम्रो मागको विषयमा लिखित रुपमा नदिएपछि, हामीले वार्ताको फाईदा नहुने देखेर हामीमाथि नै छलफल गर्न तयार छौ । ’ उनले आफुहरुको माग पूरा नभएसम्म फर्किएर नजाने भन्दै राज्यले यसलाई यसलाई गम्भीर रुपमा हेर्नु पर्ने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १७:०१