२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे संसदमा छलफल हुनुपर्छः सांसद पन्त

१२ वैशाख, काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तलेप्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरेका हुन् ।

‘हाम्रो प्रधानमन्त्री भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ । यो भारत भ्रमणको एजेण्डाहरु के के हुन भन्ने कुराहरु संसद चलिरहँदा पनि अखबारहरुबाट थाहा पाउनु परेको छ । हामीले पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री आएर एक शब्द पनि नबोल्नु र प्रधानमन्त्रीको मुहार देख्न पनि दुर्लभ भएको छ । र, यसको बारेमा संसदमा छलफल हुनुपर्छ ।’

भारत भ्रमणका क्रममा दुई देशबीचको असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने सांसद पन्थको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १६:२९