२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमालेलाई पुरानो पार्टी नभन्न सांसद रिजालको आग्रह

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले एमालेलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद रिजालले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस । ’
नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १६:२१