दोहोरो अंकले बढ्यो सेयर बजार, काराेबार रकम ८८ करोडमा सिमित
१२ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हलियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अकंले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीले यस दिन ७ करोड ४ हजार रुपैयाँमाथिको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ होटल रिजेन्सी लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उच्च वृद्धि भएको हाे । यस दिन सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:२०












