२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छः रवि लामिछाने

१२ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं। सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन्।’

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १३:३५