२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

व्यक्ति केन्द्रित प्रवृतीका कारण समस्या बढेको मन्त्री साउदको भनाई

१२ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले, व्यक्ति केन्द्रित प्रवृतीका कारण समस्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा स्थापित पाठशाला स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक काम र जिम्मेवारी संस्थागत गर्न आवश्यक भएको बताए।

‘मान्छेलाई एक दुई दिन र एक दुई महिनाको लागि मात्र उत्साह र हौसला जोस आउँछ । परिवार समाजको र कामको दवावले मान्छे च्यापिन्छ । र आफैंले सुरु गरेका काम पनि पुरा गर्न सकदैन् । त्यसकारण यसलाई एक जनाको जिम्मामा मात्र हैन् । यस्ता कामहरुलाई संस्थागत गर्न र सामुहीक जिम्मेवारिमा राख्नु पर्छ । ’

मुलुकको वर्तमान अवस्थाले गर्दा समाज र कामको दवावमा परेर मानिसहरु दिर्घकालिन रुपमा उत्साहित हुन नसक्ने उनको भनाई छ ।
उनले हरेक क्षेत्रको कामलाई व्यक्तिगत रुपमा नभई संस्थागत गरेर लगेमा मात्र देशमा विकास हुने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ११:४२