२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बारामा मतान्तर बढाउँदै उपेन्द्र, चार हजार बढी मतले जनमतका कुशवाह पछाडि

१२ वैशाख, काठमाडौं । बारा निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार बढी मतको अग्रता लिएका छन् ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार २९ हजार ५ सय ९६ मतगणना हुँदा यादवले १२ हजार ८ सय ४८ मत ल्याएका छन् । उनलाई जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले ८ हजार ८सय ८८ मतका साथ पछ्याइरहेका छन् ।

यादव चार हजार ३ सय ६० मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५ सय १६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ९ सय ९१ मत पाएका छन् ।

त्यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार १० मत पाएका छन् । बारा २ मा आइतबार सम्पन्न उप–निर्वाचनमा ६८ हजार ८ सय ८६ मत खसेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ११:३४