५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१२ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा काराेबार भएको छ।

साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। साेमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ११:१३