२५ कार्तिक २०८१, आईतवार | Mon Nov 11 2024

घट्यो अमेरीकी डलरको भाउ, अन्य देशकाे विदेशी मुद्रा विनिमयदर कति ?

१२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज विदेशी मुद्राको भाउ केही घटेर आएको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ।

हिजोको तुलनामा एक रुपैयाँले अमेरीकि डलरको भाउ घटेको हो । यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ ९१ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमवार १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको युरो आज घटेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८६ पैसा रबिक्री दर ३५ रुपैयाँ,०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:०६