ओशियाना खेलमा विजयीहरुलाई सम्मान
अष्ट्रेलिया । अष्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटमा साउथ अष्ट्रेलियाबाट सहभागी भईविजयी भएका खेलाडीहरुलाई एडिलेडमा सम्मान गरिएको छ ।
एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का)द्वारा आयोजित कार्यक्रममा क्रिकेट, लन टेनिस, दौड तथा गल्फका खेलाडीहरुलाईम्यारियन काउन्सिलकी काउन्सिलर एवं एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, लनटेनिसका लागि साउथ अष्ट्रेलियाकाटोली नेता सामाजिक अगुवा नविन कडेल तथा एन्का अध्यक्ष विजय जोशीले खादा अविर लगायर सम्मान गरेका थिए । कार्यक्रममा पुर्वघोषणा अनुसार एक्सपट एजुकेश तथा भिषा सर्भिसेज एडिलेडका निर्देशक रुपक वर्तौला जनही अष्ट्रेलियन डलर दुई समय पचाससहित क्रिकेटका उत्कृष्ट खेलाडी उमेश वडु र लन टेनिसमा दुइ पदक जित्न सफल भेष थापालाई सम्मान गरेका थिए ।
काउन्सिलर लामाले खेलाडीहरुलाई बधाई दिदै आगामी छैठौ ओशियाना खेलमा टिम साउथ अष्ट्रेलिया थप सफलताका प्राप्त गर्नेबिश्वास लिएको बताईन । कार्यक्रममा ओशियाना नेपाली खेलकुद मिटका बारेमा समिक्षात्मक टिप्पणी गर्दै लन टेनिसका टोली नेताकडेलले बिजयी खेलाडीहरुलाई बधाई दिएका थिए । एन्का अध्यक्ष जोशीले क्रिकेट खेलमा चुनौती पुर्ण म्याचहरुमा सफलता प्राप्तगरेर स्वर्ण पद जित्न सफल एन्का किङ्सलाई बधाई दिदै टेनिस, दौड एवं गल्फका खेलाडी तथा अफिसियलहरुलाई समेत बधाई ज्ञापनगरेका थिए । जोशीले सम्मान कार्यक्रमका लागि सहयोग गर्ने डोको टुर तथा आमा प्रफेसनल समेतलाई धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रममा एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेडका निर्देशक बर्तौला, क्रिकेट टिमका कप्तान सुनम गौतम लगायले बधाई मन्तव्य राखेका थिए ।
ओशियाना नेपाली खेल मिटमा साउथ अष्ट्रलियाबाट सहभागी भएका खेलाडीहरुले ४ खेलमा नै मेडल प्राप्त गर्न सफल भएका थिए ।एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)को संयोजनमा क्रिकेट, लन टेनिस, दौड र गल्फमा साउथ अष्ट्रेलियाबाट खेलाडीहरुसहभागी भएका थिए ।
जसमा क्रिकेटमा स्वर्ण पदक जित्न सफल भएका थिए । भने लन टेनिसमा साउथ अष्ट्रेलियाका ३५-४५ उमेर समुहमा भेष थापाले स्वर्णपदक र उमेश बुढाथोकी – रजत पदक हासिल गरेका थिए । यसै गरि डबल्स तर्फको खेलमा भेस थापा र अमर खड्काको जोडिले रजतपदक तथा बलराम भण्डारी र दीपेन्द्र गुरुङको जोडीले कांस्य पदक हासिल गरेका थिए ।
यसै गरि ५ किलो मिटर दौडमा मधुकर पौडेलले कांस्य पदक जित्न सफल भएका थिए । भने गल्फ तर्फ सुवास केशीले कास्य पदकजितेका थिए ।
स्थानिय अक्ल्याण्ड पार्कमा वार्विक्यु सहित आयोजित बधाई तथा सम्मान कार्यक्रममा साउथ अष्ट्रेलिया नेपाली समुदायका अगुवा तथाखेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:०९













