२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि तयार छौंः बालेन साह

११ वैशाख, काठमाडौं । काठमाडौं महानरपालीका मेयर बालेन साहले, सर्वोच्च अदालतले, सिंहदरबार समेतको फोहरमैला उठाउन दिएको अन्तरिम आदेश कार्यान्वयनका लागि आफू तयार रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत मेयर साहले फोहरमैला नउठेको सम्बन्धमा अदालतले दिएको अन्तरिम आदेश प्राप्त भएको भन्दै अदालतको आदेश पालनाका लागि आफू तयार रहेको बताएका हुन् । उनले लेखेका छन् ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ ।

निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भिरता थप पुष्टि हुन्छ । ’ सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक भएको उनको भनाई छ ।

काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयका रुपमा ग्रहण गरेकोभन्दै उनले अदालतप्रति आभार प्रकट गरेका छन् । यसअघि गत शुक्रबार सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश दिएको हो । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:५८